Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रिया टुंग्याउछौं : गृहमन्त्री श्रेष्ठ

    पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रिया टुंग्याउछौं : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

    गोरखा पत्रकार समाजका पदाधिकारीहरुसँग शनिबार भएको छलफलमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुनेगरी उक्त विधेयक पारित गरिने बताए।



    उनले लागूपदार्थ दुर्व्यसनको समस्या समाधान गर्न पालिकास्तरबाटै अभियान सञ्चालन गर्नु आवश्यक भएको पनि बताए ।

    गृहमन्त्री श्रेष्ठले आर्थिक रुपमा सम्पन्न परिवारका सन्तान युरोप, अमेरिकालगायत मुलुकमा उच्च शिक्षाका निम्ति जाने गरेका तथा विपन्न वर्गका छोराछोरी आर्थिक उपार्जनका निम्ति खाडी मुलुकमा पुग्ने गरेका भन्दै देशको शैक्षिक प्रणालीलाई अन्तरराष्ट्रियस्तरको बनाउन सकेमा शिक्षाका निम्ति बाहिरिने क्रम कम हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार