Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दार्चुलाकाे शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

    दार्चुलाकाे शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 726
    SHARES

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा मनाउन सार्वजनिक बिदा दिइएको हो ।

    दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आइतबार पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ ।



    कार्तिक शुक्ल त्रयोदशीमा पूजन जात्रा यसपाली पनि कार्तिक २० आज बिहानदेखि सुरु भएको हो ।



    आज र भोलि मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले नगरपालिका र गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

    मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।

    शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार