Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेका एकसय भन्दाबढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

    एमालेका एकसय भन्दाबढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 810
    SHARES

    सिरहा । सिरहामा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश गरेको छ ।

    गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन्।



    गोलबजार-४ भट्टटोलमा एक समारोहको आयोजना गरी पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन्।



    गोलबजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार- ६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    नवआगन्तुकहरुलाई नेता साहले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको कार्यमा जुट्न समेत अनुरोध गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार