Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ४३ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार डेढ अर्ब कट्यो

    ४३ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार डेढ अर्ब कट्यो

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 822
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार सेयर बजार परिसूचक उल्लेख्य सुधार देखिएको छ। आज बजार परिसूचक ४३.२० अंकले बढेको हो ।

    ४३ अकंले बजार बढ्दा समग्र बजार परिसूचक १९६५.३६ मा उक्लिएको छ।



    यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ८.०९ अंक बढेर ३८७.५२ मा उक्लिएको छ। बजार परिसूचक सँगै आज कारोबार रकम पनि बढेको छ।



    आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर २७ हजार ७ सय ६८ पटकमा खरिद बिक्री भएको थियो।

    आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेस्डाे लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नबिल इक्युटी फन्ड र आरबीबी म्युचल फन्डको शेयर झण्डै साढे २ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार