Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लगातार चौथो दिन पनि सेयर बजार बढ्यो, कारोबार रकम पनि वृद्धि

    लगातार चौथो दिन पनि सेयर बजार बढ्यो, कारोबार रकम पनि वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं । लगातार चौथो दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले वृद्धि हुँदा २१५४.०७ को विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ४७ अंक बढेको थियो ।

    आज बैंकिङ, लगानी, बीमा, उत्पादन, लघुवित्त र अन्य समूहको सेयर बढेको छ । अरू समूहको सेयर भने ओरालो लागेको छ ।



    त्यस्तै, आज तीन अर्ब ५४ करोड ८८ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै स्वालम्बन लघुवित्त कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर खरिद-बिक्री भएको छ ।



    आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    मंगलबार बिपिडब्लु लघुवित्त वित्तिय संस्था, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार