Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शेयर बजार ५२ अंकभन्दा धेरैले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट

    शेयर बजार ५२ अंकभन्दा धेरैले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 720
    SHARES

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा लगातार ९ दिनसम्म वृद्धि हुँदा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

    साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ ।



    आज बैंकिङबाहेक सबै समूहको शेयर बढेर हरियाली हुँदा होटल तथा पर्यटन, बिमा, अन्य र जलविद्युत् समूहका शेयर उच्च अंकले बढेको छ ।



    नेप्सेमा उछाल आएसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

    नेप्से इन्डेक्स २१ सय नजिक पुग्दा आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार