Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • चुनावपछि सत्ता गठबन्धन छिन्नभिन्न हुन्छ : रायमाझी

    चुनावपछि सत्ता गठबन्धन छिन्नभिन्न हुन्छ : रायमाझी

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 1.1K
    SHARES

    अर्घाखाँची । एमाले केन्द्रीय सचिव एवं अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धनका दलहरु छिन्नभिन्न भएर सकिने बताएका छन् ।

    रायमाझीले सोमबार पत्रकारहरु सँग कुराकानि गर्दै यस्तो बताएका हुन् ।  उनले भने , ‘गठबन्धन कुनै विचारमा आधारित भएर बनेकै थिएन, ककटेल विचार छन्, उनीहरूबीचमै शक्ति सन्तुलन



    मिलाउन समस्या छ, आपसी द्वन्द्वले उनीहरू विभाजित हुनेछन्, त्यहाँ रहेका दलहरू टुक्राटुक्रा हुने प्रष्ट सिनारियो देखिएको छ ।’



    उनले सरकारमा रहेका पार्टी विपक्षी दलविरुद्ध गठबन्धन गरेर जानु आफैँमा पराजित मानसिकता रहेको बताए । उनले गठबन्धनको अस्तित्त्व नै संकटमा रहेको बताए ।

    चुनावपछि मुलुकमा दुई ध्रुवको राजनीतिक वातावरण बन्ने उनको दाबी छ । पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने र समाजवादीको नेतृत्व एमालेले गर्ने उनले बताए । एमाले नेतृत्वको सरकारले देशको विकास गर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार