Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कांग्रेस नहुँदा एमालेलाई सहज तर चुनौतीपूर्ण

    कांग्रेस नहुँदा एमालेलाई सहज तर चुनौतीपूर्ण

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । यसअघिका अधिकांश निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमालेका लागि काठमाडौ क्षेत्र ७ मा यसपटक जित निकाल्न सो पार्टी र त्यसका उम्मेदवारले कडा मिहिनेत गर्नुपर्ने देखिएको छ ।

    यो क्षेत्र गठबन्धनको भागबन्डामा कांग्रेसको भागमा नपरेको र कांग्रेसबाहेक गठबन्धनका अन्य दलको उपस्थिति निकै कमजोर रहेकाले एमाले उम्मेदवारलाई ‘केही सहज’ भए पनि जित निकाल्न भने निकै चुनौतीपूर्ण छ ।



    एमालेबाट पुराना र त्यागी कम्युनिस्टका रूपमा चिनिएका श्यामकुमार घिमिरे घरदैलोमा व्यस्त छन् । उनलाई सत्ता गठबन्धनकी मानुषी यमी (भट्टराई) तथा हाम्रो नेपाली पार्टीका आकर्षण पोखरेल, स्वतन्त्रका किरण केसी, जनता समाजावादीका राजेन्द्र श्रेष्ठलगायतले घरदैलोमार्फत टक्कर दिने प्रयास गरिरहेका छन् । यद्यपि, मानुषीलाई कांग्रेसबाट भोट जाने सम्भावना न्यून रहेकाले उनलाई पनि निकै कठिन छ ।



    माओवादीको भागमा परेको यो क्षेत्रमा उसले डा. बाबुराम भट्टराईको दललाई छोडिदिएपछि भट्टराईले आफ्नै छोरीलाई उम्मेदवार बनाएका हुन् ।

    जसका कारण यस क्षेत्रमा रहेका पुराना माओवादी नेता– कार्यकर्ता असन्तुष्ट छन् । २०७४ को निर्वाचनमा एमालेबाट विजयी रामवीर मानन्धरले योपटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार