Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रौतहट-३ का माओवादी उम्मेदवार पटेलमाथि कारबाही

    रौतहट-३ का माओवादी उम्मेदवार पटेलमाथि कारबाही

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 750
    SHARES

    रौतहट। नेकपा माओवादी केन्द्रले प्रभु साहलाई समर्थन नगरेको भन्दै आफ्नै उम्मेदवारलाई कारबाही गरेको छ ।

    माओवादी केन्द्रले रौतहटको क्षेत्र नं-३ का आफ्नै उम्मेदवार रविन्द्र पटेल धिरजलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।



    गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहटको क्षेत्र नं-३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो । तरपछि त्यस क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गर्दै आफ्नो समर्थन जनाएको थियो ।



    तर पार्टीले निर्णय गरे पनि उम्मेदवार रहेका धिरज पटेलले आफ्नो उम्मेदवारी कायम रहेको र साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।

    पार्टी निर्णय नमानेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको हो । नेकपा माओवादी केन्द्रका मधेश प्रदेशले पटेललाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।

    उम्मेदवार पटेललाई सघाएको भन्दै माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार