Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौंमा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौंमा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको नारायण गोपाल चोक नजिकै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

    बसुन्धारामा ट्रक र स्कुटर ठक्कर ठोक्किँदा स्कुटरमा सवार कास्कीको मादी ५ का ४७ वर्षीय बेलबहादुर राना मगर उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगरको ज्यान गएको हो । बुधबार साँझ ४ः४० बजे ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।



    तत्कालै प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।



    प्रहरीले ना ८ ख १८४१ का ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार