Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ग्यास लिक भएर आगलागी : बालकको मृत्यु, आमा घाइते

    ग्यास लिक भएर आगलागी : बालकको मृत्यु, आमा घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 825
    SHARES

    भोजपुर । भोजपुरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

    जिल्लाको हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी भएको हो ।



    आगलागीबाट शान्त कुमारका ६ वर्षीय छोरा आयुष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए ।



    बालकको उपचारका क्रममा धरान घोपा क्याम्पमा मृत्यु भएको हो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार