Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भ्यान र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    भ्यान र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 603
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनमा यात्रु बोक्ने म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको भरतपुर महानगरपालिका–१५ मा बिहीबार साँझ साढे सात बजेतिर भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६०५ नम्बरको म्याजिक भ्यानले भरतपुरतर्फ आउँदै गरेको ना २३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–५ का ४० वर्षीय यज्ञ शर्मा र म्याजिकका यात्रु स्याङ्जाका २४ वर्षीय नविन नेपाली रहेको प्रहरीले जनाएको छ ।



    नेपालीलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यस्तै शर्माको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा अन्य दुई जना पनि घाइते भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार