Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डोटीमा ट्याङ्कर दुर्घटना, एक जनाको मृत्यु

    डोटीमा ट्याङ्कर दुर्घटना, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको केआईसिंह गाउँपालिका–४ काफलीमा सडक मर्मतका लागि पानी लैजाँदै गरेको ना २ ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–८ का ३८ वर्षीय दानबहादुर धामी रहेका छन् । दुर्घटनामा चालक धामी ट्याङ्करमुनि च्यापिएर गम्भीर घाइते भएका थिए ।



    उनको उद्धार गरी उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर सडकबाट करिब तीन सय मिटर खोलामा खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार