Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कार्यकर्ता कुटिएको भन्दै सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध

    कार्यकर्ता कुटिएको भन्दै सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 609
    SHARES

    दार्चुला । नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् ।

    गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् ।



    नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो ।



    गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् ।

    सडक अवरुद्ध भएकाले नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन भएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार