Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दशरथ रंगशालामा ५० औं खेल खेल्दै नेपाल

    दशरथ रंगशालामा ५० औं खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 1.1K
    SHARES

     

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ ।



    नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ ।

    नेपालले दशरथ रंगशालामा पहिलो पटक सन् १९८४ मा खेलेको थियो । दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब चार दशकमा नेपालले दशरथ रंगशालामा ५० खेल खेल्न लागेको हो ।

    नेपालले दशरथ रंगशालामा १९८४ मा पहिलो साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध खेलेको थियो । यो खेल नेपालले ४-० ले जितेको थियो ।

    अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्ध फुकुवा भएपछि नेपाल आउन लागेको पाकिस्तानसँग नेपालले यसअघि १६ पटक खेलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार