Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एन्फाद्वारा विश्वकप टिकट विजेताको घोषणा

    एन्फाद्वारा विश्वकप टिकट विजेताको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 717
    SHARES

    काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले कतार विश्वकप फुटबलको भाग्यशाली टिकट विजेता घोषणा गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आयोजना भएको एक कार्यक्रममा गोला प्रथाद्वारा विजेता छनोट गरिएको हो।



    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि ६ हजार ९७३ दर्शक उपस्थित थिए ।



    टिकट नम्बर ११२०० ले विश्वकपको ४८औँ खेलको टिकट जितेका हुन्। ब्राजिल र क्यामेरुनबीचको सो खेल डिसेम्बर ३ मा हुँदैछ ।

    बुधबार भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा साधारण प्याराफिटको टिकट काट्ने दर्शकहरूमध्ये एकलाई टिकट दिने एन्फाले घोषणा गरेको थियो।

    एन्फा प्रवक्ता सुरेश साहले विश्वकपका लागि उक्त दर्शकले एन्फाबाट टिकट मात्र पाउने र विश्वकपका लागि बाँकी खर्च आफैंले गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार