Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एन्फाको विशेष साधारण सभामा मतदान सुरु

    एन्फाको विशेष साधारण सभामा मतदान सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 1.2K
    SHARES

    हेटौंडा। अखिल नेपाल फुटबल संघ (एन्फा)को मतदान प्रक्रिया सुरु भएको छ ।  विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको हो ।

    एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।



    तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए । साधारणसभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेण्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्माछिरिङ शेर्पा बोल्न खोजेका थिए ।



    तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए । विशेष साधारणसभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार