Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्वकप छनोटको दोस्रो खेल नेपालले यमनसँग खेल्ने

    विश्वकप छनोटको दोस्रो खेल नेपालले यमनसँग खेल्ने

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । विश्वकप छनोटको समूह दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

    अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो ।



    त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।



    यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य साधारण प्यारापिटतर्फको टिकट मुल्य ४ सय र भीआईपी प्यारापिटतर्फको टिकट मुल्य १ हजार रुपैयाँ निर्धारण गरेको एन्फाले जनाएको छ ।

    टिकट एन्फा आफैले व्यवस्थापन गरि बिक्री वितरण गर्ने बताईएको छ । खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ भने प्रतियोगीताको अनुमानीत बजेट ७३ लाख ६८ हजार ४ सय रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार