Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बहुमत केन्द्रीय सदस्यले गरे एन्फाको साधारण सभा बहिष्कार

    बहुमत केन्द्रीय सदस्यले गरे एन्फाको साधारण सभा बहिष्कार

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 345
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक साधारणसभाको बन्द शत्र सुरू हुनअघि विवाद भएको छ।

    एन्फाका वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले साधारण सभा बहिस्कार गरेका छन् । एन्फाको साधारणसभा शंमखुलस्थित एक बैंक्वेटमा चलिरहेको छ ।



    तर केन्द्रीय कार्यसमितिमा छलफल नै भएका विषयलाई साधारण सभाको एजेन्डामा राखेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जनाले साधारणसभा बहिस्कार गरेका हुन् ।



    साधारणसभाको एजेण्डा तय गर्न फागुन ३ देखि ६ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।

    लेखा प्रतिवेदन, आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्तावबारे छलफल भएपनि प्रस्तावित विषयमा बहुमत सदस्यको असहमति थियो ।

    तर महासचिवले उपस्थितिको हस्ताक्षर दुरुपयोग गरी निर्णय भएको भनेको ९ जनाको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार