Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले गरे मतदान

    प्रधानमन्त्री देउवाले गरे मतदान

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 585
    SHARES

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

    प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुराको गन्यापधुरा –१ रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।



    प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् ।



    आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार