Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्री देउवाले दिए सबैलाई धन्यवाद

    शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्री देउवाले दिए सबैलाई धन्यवाद

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 816
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

    आइतबार साँझ देउवाका तर्फबाट कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । साथै देउवाले आम निर्वाचनमा मतदाताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको जनाएका छन् ।



    देउवाले भनेका छन्, ‘मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ। आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो ।



    यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।’

    उनले निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन् ।‘

    निर्वाचनमा तपाईँहरूको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा दिएको छ ।

    देउवाले धन्यवाद दिँदै भनेका छन् ,‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु । साथै, निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी साथीहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’

    प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार