Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाको गृह जिल्लामा मतगणना सुरु

    प्रधानमन्त्री देउवाको गृह जिल्लामा मतगणना सुरु

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 717
    SHARES

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु भएको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि मतगणना सुरु भएको हो।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५ मा मतगणना भइरहेको छ।



    मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुसार ५६.६४ प्रतिशत मत खसेको हो।



    जिल्लामा कूल मतदाता ९१ हजार २ सय १ रहेकोमा ५१ हजार ६ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिएका छन्।

    जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा क्षेत्र रहेको छ। प्रतिनिधिसभाको एक सिटका लागि ८ जना चुनावी मैदानमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार