Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलाली क्षेत्र नम्बर ५ को मतगणना मंगलबार सुरु हुने

    कैलाली क्षेत्र नम्बर ५ को मतगणना मंगलबार सुरु हुने

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा आज मतगणना नहुने भएको छ ।

    मुख्य निर्वाचन कार्यालयले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । मतगणना बिहान ८ बजेबाट सुरु हुनेछ ।



    आज भएको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो ।



    मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए । तर साढे ४ बज्दा समेत मतगणना सुरु नभएपछि नाराबाजी समेत भएको थियो ।

    ‘मतगणनास्थलमा आफ्ना प्रतिनिधि राख्न चाहेमा एक घण्टा पहिले नै मुख्य निर्वाचन अधिकृत समक्ष उपस्थित हुनुपर्ने, यदि गणना सुरू हुँदासम्म उपस्थित नभए पनि गन्न सुरू गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार