Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • अर्घाखाँचीमा टोपबहादुरको जीत सुनिश्चत

    अर्घाखाँचीमा टोपबहादुरको जीत सुनिश्चत

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 717
    SHARES

    अर्घाखाँची । अर्घाखाँची निर्वाचन क्षेत्र नंं १ मा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन्।

    पछिल्लो मत परिणाम अनुसार रायमाझीले ८१८२ मतसहित अग्रता लिइरहेका छन् ।



    उनका मुख्य प्रतिस्पर्धी सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसालले ५९९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।



    उनीहरुबीच फराकिलो अन्तर देखिएको छ । मतगणना अन्तिम चरणमा रहेको जनाइएको छ ।

    यहाँ १५ हजार २४६ मत खसेको निर्वाचन कार्यालयको रेकर्डमा उल्लेख छ ।

    रायमाझीको जित निश्चित रहेको बताइएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रायमाझी नै विजयी भएका थिए। तर त्योबेला उनी माओवादी केन्द्रमा थिए।

    पछि नेकपा फुट भएपछि रायमाझीले माओवादी त्याग गरी एमालेमै बसेको थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार