Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरी-२ मा सिके राउतको जित सुनिश्चित

    सप्तरी-२ मा सिके राउतको जित सुनिश्चित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 657
    SHARES

    सप्तरी । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत जित नजिक पुगेका छन्।

    गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो ।



    सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् ।



    गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् ।

    नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ ।

    मतगणना अहिले जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार