Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार जोशी विजयी

    प्रधानमन्त्री देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार जोशी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 615
    SHARES

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।

    उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४७४ मतले पराजित गरेका हुन्।



    उनका निकटतम प्रतिद्वन्द्वी बोहराले १० हजार ९७० मत पाए। पराजित बोहरा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हुन्। ०७४ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए।



    वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४१३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार