Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रतिनिधिसभाका १५५ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, १० स्थानमा बाँकी

    प्रतिनिधिसभाका १५५ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, १० स्थानमा बाँकी

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 708
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगका अनुसार अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ।



    यस्तै, नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन्। साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा ५ जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।



    निर्वाचन आयोगका अनुसार अझैसम्म पनि १० स्थानको नतिजा आइसकेको छैन । मतगणना जारी रहेका ४ ठाउँमा कांग्रेसले अग्रता लिएको छ भने २ ठाउँमा नेकपा एमालेको अग्रता छ ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा अग्रता लिइरहेको छ । स्याङ्जा–२, दोलखा र बाजुरामा भने मतगणना सुरु हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार