Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • १२ स्थानीय तहको नतिजा : कुन दलले कहाँ कहाँ जिते ? (सूचीसहित)

    १२ स्थानीय तहको नतिजा : कुन दलले कहाँ कहाँ जिते ? (सूचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । हिजो भएको स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म १२ स्थानीय तहको मत गणना सकिएको ।

    जसमध्ये नेकपा एमालेले ६ वटा पालिका प्रमुख जितेर अग्रता लिएको छ ।



    निर्विरोध र निर्वाचित गरी १२ स्थानीय तहको मत परिणाम आएको हो ।



    निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ६ स्थानीय तहको प्रमुख जितेको हो । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ ।

    त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

    डोल्पामै माओवादी केन्द्रले एक पालिका प्रमुख जितेको छ ।

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
    १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
    २. चामे गाउँपालिका – मनाङ
    ३. नेस्याङ गाउँपालिका– मनाङ
    ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
    ५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
    ६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
    १. नार्फाभूमी – मनाङ
    २. घरपोझोङ – मुस्ताङ
    ३. नासो गाउँपालिका–मनाङ

    नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
    १. काइके गाउँपालिका – डोल्पा
    २. छार्का साङतोङ गाउँपालिका – डोल्पा

    माओवादी केन्द्रले जितेका स्थानीय तह
    १. जगदुल्ला गाउँपालिका–डोल्पा

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार