Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ७४४ पालिकाको मत परिणाम सार्वजनिक : कसले कति स्थानमा जिते ?

    ७४४ पालिकाको मत परिणाम सार्वजनिक : कसले कति स्थानमा जिते ?

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । हालसम्म ७४४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

    यो समाचार तयार पार्दासम्म कांग्रेसले ३२४ पालिका जितेको छ । एमालेले २०३ पालिका जितेको भने माओवादीले १२१ पालिका जितेको छ ।



    त्यसैगरी जनता समाजवादीले ३०, नेकपा एकिकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६, राप्रपाले ४ पालिका प्रमुख जितेका छन् ।



    त्यस्तै राष्ट्रिय जनमोर्चाले ४, नागरिक उन्मुक्ति पार्टीले ४, जनमत पार्टीले २, नेपाल मजदुर किसान पार्टीले १, जनता प्रगतिशील पार्टीले १, तराई-मधेश लोकतान्त्रिक पार्टीले १ र विवेकशील साझा पार्टीले १ पालिका प्रमुख जितेका छन् ।

    त्यस्तै स्वतन्त्रका १२ जनाले पालिका प्रमुख जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार