Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ५३५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

    ५३५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । स्थानिय निर्वाचन २०७९ अन्तर्गत हालसम्म ५३५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।



    कुन दललको पकड कति ?
    हामसम्मको मतगणनाअनुसार नेपाली कांग्रस २४२ पालिकामा जित हाँसिल गरेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।



    यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १९२ वटा वडाध्यक्ष पद जितेको छ ।

    ४६ वटा नगरपालिकाको मेयर र १०३ वटा गाउँपालिकाको अध्यक्ष गरी १४९ वटा पालिकाको प्रमुख पद जितेको नेकपा एमाले दोस्रो स्थानमा छ ।

    एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १०१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १५८ वटा जितेको छ । एमालेले एक हजार ७१५ वटा वडाध्यक्ष जितेको छ ।

    नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १०२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १०८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९१९ वटा वडाध्यक्ष पद जितेको छ ।

    नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।

    यीबाहेक स्वतन्त्रलगायत अन्य दलहरुले प्रमुखमा १० स्थान, उपप्रमुखमा ७ स्थान, अध्यक्षमा १८ र उपाध्यक्षमा १९ स्थानमा जित हाँसिल गरेको छ । अन्य दलहरुले वडाध्यक्ष पदमा ४७६ स्थानमा निर्वाचित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार