Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सशस्त्रका जवान कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी

    म्यादी प्रहरी थिइन् घाँटी रेटी हत्या गरिएकी माया, सशस्त्रका जवानमाथि आशंका

    म्यादी प्रहरी थिइन् घाँटी रेटी हत्या गरिएकी माया, सशस्त्रका जवानमाथि आशंका

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.3K
    SHARES

    बैतडी । घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका छन् ।

    मृतकका आफन्तले शिवनाथ गाउँपालिका-४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान भरतराम कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कोलीको नाममा किटानी जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको छ ।



    उनी फरार रहेका छन् । आरोपित कोलीले केही दिन अगाडि मायाको मोबाइल खोसेको र मोबाइल लैजान बोलाएर हत्या गरेको परिवारको दाबी छ । सो घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । उनको उपचार डडेल्धुरा अपस्तालमा भइरहेको छ ।



    प्रहरीको प्रारम्भिक अनुसन्धानमा घाइते बालिकाले दिएको बयानअनुसार घटनामा सशस्त्र प्रहरी बलमा कार्यरत गाउँकै स्थानीय युवा कोलीको हात रहेको खुलेको हो । मृत भेटिएकी माया लुहार भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा समेत खटिएकी थिइन् ।

    मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी माया बुधबार शिवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार