Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • खाग काटिएको अवस्थामा गैंडा मृत फेला

    खाग काटिएको अवस्थामा गैंडा मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनको कालिका नगरपालिका १ मा मृत गैंडा भेटिएको छ ।  चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो ।

    गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।



    गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ ।



    डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार