Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

    चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 645
    SHARES

    फाइल फोटो

    नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।

    निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो ।



    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको जानकारी दिए ।



    त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत भएको उनले बताए । भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको बतइएको छ । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार