Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गैँडाको आक्रमणबाट एक पुरूषको मृत्यु

    गैँडाको आक्रमणबाट एक पुरूषको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 666
    SHARES

    फाइल फोटो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले आक्रमण गर्दा नजिकैको सामुदायिक वनमा निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ ।

    जिल्लाको भरतपुर २५ घर भई भरतपुर २३ धुर्बघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार साँझ ७ बजेतिर निउरो टिप्न हरियाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएको बखत गैँडाको आक्रमणमा परी उनको मृत्यु भएको हो ।



    बसेको स्थान नजिकैको सामुदायिक वनमा गएको बखत गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त स्थानमा इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी टोली खटिगई मुचुल्कालगायत अन्य अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार