Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नवलपुरमा दुईवटा गैँडा मृत भेटिए

    नवलपुरमा दुईवटा गैँडा मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 795
    SHARES

    फाइल फोटो

    नवलपुर । नारायणी नदी किनारमा दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् ।

    नवलपुरको सेहरीस्थित नदी किनारमा माउ र बच्चा गैँडा मृत अवस्थामा भेटिएका हुन् ।



    आजै बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ ।



    अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ ।

    जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार