Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गैंडाको आक्रमणबाट मकवानपुरमा एक जना घाइते

    गैंडाको आक्रमणबाट मकवानपुरमा एक जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 225
    SHARES

    फाइल फोटो

    मकवानपुर । गैंडाको आक्रमणबाट मकवानपुरमा एक जना युवक घाइते भएका छन ।

    मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय रमेश बोटे घाइते भएका हुन् ।



    सोमबार बिहान खेतमा पानी लगाउन गएका बेला बोटेलाई गैंडाले आक्रमण गरेको हो ।



    गैंडाको आक्रमणबाट बोटेको ढाड र अनुहारमा चोट लागेको छ ।

    मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका निम्ति भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार