Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सोमबार बिहानबाटै दार्चुलामा नेपाल–भारत पुल बन्द, आवतजावत ठप्प

    सोमबार बिहानबाटै दार्चुलामा नेपाल–भारत पुल बन्द, आवतजावत ठप्प

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुल भारतीय पक्षले बन्द गराएका छन् । सोमबार बिहानबाटै भारतीय पक्षले नेपाल–भारत सीमा पुल बन्द गराएका हुन् ।

    महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएको थियो ।



    महाकाली नदीको यो पुल भएर नेपाल–भारत ओहोरदोहोर गर्ने गरिन्छ। यसअघि आइतबार पनि नेपाली पक्षले तटबन्ध निर्माणको विरोधमा पुल बन्द गरेका थिए ।



    भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

    पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार