Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • खुल्यो भारतीय पक्षबाट बन्द रहेको पुल

    खुल्यो भारतीय पक्षबाट बन्द रहेको पुल

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 972
    SHARES

    फाइल तस्विर

    दार्चुला । आज बिहान भारतीय पक्षबाट बन्द रहेको पुल खुलाइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएम देवी शासनीबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको हो।

    भारतले महाकाली नदीको धार नेपाल फर्किने गरी निर्माण गरिरहेको विरोधमा आइतबार बङ्गाबगरका स्थानीय र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सीमा नाकामा समस्या सिर्जना भएको थियो ।



    हिजो नेपाली नागरिकले सिमा पुल बन्द गरेका थिए । नियमित रूपमा बिहान ७ बजे सञ्चालन हुने सीमा पुल नेपाल क्षेत्रबाट समयमै ताल्चा खोलिएको थियो ।



    ९ बजेपछि भने सीमा पुलमा दुवै देशका नागरिक सहज रूपमा आवतजावत गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार