Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ‘२०८० को एसईईका लागि नयाँ पाठ्यक्रम’

    ‘२०८० को एसईईका लागि नयाँ पाठ्यक्रम’

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुने भएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ ।

    पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ ।



    ‘वि.सं. २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यक्रम अध्यापन गरिने छ’, केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भने, ‘आउँदो वर्ष एस्ईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यक्रम पढ्नुपर्नेछ । ‘



    उनका अनुसार कक्षा ८ र १० को अंग्रजी, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम तयार भइरहेको छ । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार