Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महाकाली घटनामा भारतलाई आज कूटनीतिक नोट पठाउँदै नेपाल

    महाकाली घटनामा भारतलाई आज कूटनीतिक नोट पठाउँदै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 708
    SHARES

    काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले मंगलबार भारतलाई पत्र पठाउने तयारी गरेको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको हो ।

    गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी छ ।



    गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयले जनाएको छ ।



    गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न पत्राचार गरेको हो । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए ।

    महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । अन्तर्राष्ट्रिय मापदण्डविपरीत महाकाली नदीमा बनाइरहेको अनधिकृत संरचनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि भारतीय पक्षलाई आग्रह गरिसकेको छ ।

    भारतले दार्चुलाको सदरमुकाम खलङ्गा पारिपट्टि महाकाली नदीमा एकतर्फी बाँध बनाएका कारण बर्खामा नेपालतर्फको भूभाग बग्ने र डुब्ने जोखिम छ । पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थियो ।

    नेपाली बालकहरू घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार