Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महाकाली नदीको बहाव फेर्ने संरचनाको काम तत्काल रोक्न भारत सहमत

    महाकाली नदीको बहाव फेर्ने संरचनाको काम तत्काल रोक्न भारत सहमत

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    दार्चुला। भारतले महाकालीको धार परिवर्तन हुने गरी बनाएको संरचनाको काम तत्कालको लागि रोकिएको छ ।

    नेपाली पक्षको तीव्र दबाबपछि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको हो ।



    जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको छ ।



    सोमबार भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए ।

    छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ ।

    प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर त्यसका आधारमा निर्माण गर्ने सहमति भएको छ ।

    आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए ।

    ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए । स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार