Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • धुम्बाराहीमा जलेकी पुष्पाको बर्न अस्पतालमा मृत्यु

    धुम्बाराहीमा जलेकी पुष्पाको बर्न अस्पतालमा मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 915
    SHARES

    काठमाडौं । आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।  आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।

    उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्।



    उक्त घरका युवकसँग उनको गत भदौमा इन्गेजमेन्ट भएको थियो। तर केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाएको मृतकका आफन्तको भनाइ छ ।

    पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार