Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

    भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 867
    SHARES

    काठमाडौं । भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगनको निर्णय गरेको छ । बिमा सेवा दिएबापत ०७७ मंसिरदेखिको ८ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको भन्दै अस्पताल प्रशासनले असार १५ देखि कार्यक्रम स्थगित गर्ने भएको हो ।

    स्वास्थ्य बिमा बोर्डलाई पटकपटक रकम निकासाका लागि अनुरोध गर्दा पनि चासो नदेखाएपछि सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।



    रकम अभावका कारण औषधि खरिदमा समस्या देखापरेको र थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुगिसकेको अस्पतालले जनाएको छ । अस्पताल बाट दैनिक ६ देखि ८ सय बिमित बिरामीले सेवा लिने गरेका छन् ।



    भुक्तानी नपाएर सेवा ठप्प भएको यो पहिलो घटना होइन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि बिमा कार्यक्रम स्थगित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार