Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारमा जाने दाउ खोज्दै प्रभु साह, गठबन्धनका नेताहरुसँग बढाए भेटघाट

    सरकारमा जाने दाउ खोज्दै प्रभु साह, गठबन्धनका नेताहरुसँग बढाए भेटघाट

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् ।

    प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका हुन । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।



    साहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन् ।



    माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो । त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् ।

    यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् । चार पटक सांसद भएका शाह चार पटक नै मन्त्री भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार