Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वोच्च प्रवेशमा प्रधानन्यायाधीश जबरालाई नरोक्ने पक्षमा सुरक्षा निकाय

    सर्वोच्च प्रवेशमा प्रधानन्यायाधीश जबरालाई नरोक्ने पक्षमा सुरक्षा निकाय

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 606
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा निकाय पनि सर्वोच्च छिर्न नरोक्ने पक्षमा देखीएको छ ।

    महाअभियोग निष्क्रिय बनेको पत्र बोकेर आएमा जबरालाई सर्वेच्चमा रहेका सुरक्षाकर्मीलाई रोक्ने आदेश छैन् ।



    केही बेर अघि जबराको निवासबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको भए पनि अहिले सबै निस्किएका छन् ।



    संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि आजै सर्वोच्च जाने बताएका थिए ।

    सुरक्षा स्रोतका अनुसार माथिल्लो निकायबाट ‘गो– ब्याक’ को आदेश आएपछि त्यहाँबाट सुरक्षाकर्मीहरूलाई हटाइएको हो ।

    प्रधानन्यायाधीश राणा अहिलेसम्म निवासबाट निस्किएका छैनन् । जबरा करिब ९ महिनापछि कार्यालय फर्किने तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार