Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महाकाली आफ्नै धारमा फर्काइने, विवादित क्षेत्रको काम बन्द गर्ने सहमति

    महाकाली आफ्नै धारमा फर्काइने, विवादित क्षेत्रको काम बन्द गर्ने सहमति

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 750
    SHARES

    दार्चुला । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काइने भएको छ ।

    भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच भएको छलफलमा १० दिनभित्र नदीलाई बीचमा पार्ने सहमति भएको हो ।



    भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक धारचुलामा बसेको थियो ।



    बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार