Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारले लगानी गरेअनुसार शिक्षामा प्रतिफल आएन : प्रधानमन्त्री देउवा

    सरकारले लगानी गरेअनुसार शिक्षामा प्रतिफल आएन : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 690
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पाउन नसकेको बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।



    उनले सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित स्रोत र साधन उपलब्ध गराए पनि त्यसअनुसार प्रतिफल भने नदेखिएको बताए।



    प्रधानमन्त्री देउवाले भने, ‘उच्च शिक्षामा समयानुकूल सुधार गर्नै जानुपर्छ। सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित साधन र स्रोत उपलब्ध गराएको छ। तर लगानीको तुलनामा शिक्षा क्षेत्रमा प्रतिफल आउन सकेको छैन ।’

    विश्वविद्यालयहरूमा सैद्धान्तिक र औपचारिक शिक्षामा जोड दिइएकोमा अब व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिइनुपर्ने उनले बताए।

    सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेको प्रधानमन्त्री देउवाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार