Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुख्यमन्त्री केसीले भने- संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेका छौं

    मुख्यमन्त्री केसीले भने- संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेका छौं

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 546
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दावी गरेका छन् ।

    लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यस्तो भनाई राखेका हुन् ।



    ‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरीनजिकै गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ । त्यसको नजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौं,’ उनले भने, ‘प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्णरूपमा कार्यान्वयन गरेर संघीय व्यवस्थालाई बलियो बनाई दिने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो । यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ । ’



    आफू नेतृत्वको प्रदेश सरकारले  लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्विनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार