Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक चलखेलको आरोप

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक चलखेलको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक चलखेलको गम्भीर आरोप लागेको छ ।

    सिंहमाथि सोही संगठनका समानान्तर संयोजक र ६ उपाध्यक्षहरूले आर्थिक चलखेल गरेको आरोप लगाएका हुन् । क्रान्तिकारीका अध्यक्ष सिंहले कलेज सम्बन्धनमा ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ ।



    अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक चलखेलको गम्भीर आरोप लागेको छ । सिंहमाथि सोही संगठनका समानान्तर संयोजक र ६ उपाध्यक्षहरूले आर्थिक चलखेल गरेको आरोप लगाएका हुन् ।



    सिंहले सिटिइभिटी र पोखरा विश्वविद्यालयको सम्बन्धन वितरणमा पैसाको चलखेल गरेको अखिल क्रान्तिकारीकै उपाध्यक्षहरुले आरोप लगाएका छन् ।

    २२औं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षको जिम्मेवारी नेतृ पञ्चा सिंहलाई सुम्पिएपछि सुरू भएको विवाद अहिले उत्कर्षमा पुगेको छ ।

    महाधिवेशनमा सहमति नभएपछि पवन कार्कीको नेतृत्वमा अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी सञ्चालन हुँदै आएको छ ।

    पञ्चा सिंहले नेतृत्व गरेको संगठनले अखिल क्रान्तिकारीका नाममा संगठनलाई अस्तव्यस्त बनाएर शैक्षिक माफियासँग मिलेमतो गरी विश्वविद्यालयका पदाधिकारीसँग नयाँ कार्यक्रमको सम्बन्धन र कार्यक्रम विस्तारका नाममा आर्थिक भागबन्डा गरेको समानान्तर कार्कीको आरोप छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार