Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पञ्चा नेतृत्वको संगठन नै हाम्रो आधिकारिक विद्यार्थी संगठन हो : माओवादी केन्द्र

    पञ्चा नेतृत्वको संगठन नै हाम्रो आधिकारिक विद्यार्थी संगठन हो : माओवादी केन्द्र

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 846
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नै आफ्नो आधिकारिक भ्रातृ संगठन भएको स्पष्ट पारेको छ ।

    माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयसहित सबै विश्वविद्यालयलाई पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको जानकारी गराएका हुन् ।



    आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भनेर भ्रम श्रृजना भएकोले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।



    अहिले माओवादीनिकट क्रान्तिकारी विद्यार्थी संगठनमा पवन कार्की नेतृत्वको समूहले पनि अर्को समानान्तर समिति चलाइरहेको छ । स्वतन्त्र विद्यार्थी युनियनहरुको चुनाव आगामी चैत ५ गते हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार